साउन ०५, २०८२, आइतबार

मोटरसाइकल दुर्घटनामा थानकोटका ढकालको मृत्यु, धादिङका विवेक घाइते


clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । काठमाडौंमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा चन्द्रागिरी नगरपालिका-४ थानकोटका अन्दाजी ३४ वर्षका रोशन ढकाल छन् ।

दुर्घटनामा गम्भीर भएका उनलाई तत्कालै उद्धार गरी उपचारका शहीद मेमोरियल असप्तालमा पुर्‍याइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटरमा सवार धादिङको धुनिवेशी नगरपालिका वडा नं ९ का २५ वर्षीय विवेक केसी घाइते भएका छन् । उनको शहीद मेमोरियल असप्तालमै उपचार भइरहेको छ । 

प्रहरीका अनुसार शुक्रबार थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ढकाल सवार बा८५प ४८२२ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर अनियन्त्रित भइ विपरीत दिशाबाट आउँदै गरेको केसी सवार बा प्र.०२-०४२ प ९८२२ नम्बरको स्कुटरसँग ठोक्किएर दुर्घटना भएको थियो ।

दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Copyright © 2024 | All rights reserved.