साउन ०५, २०८२, आइतबार

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ


clock icon 15 hours, 2 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाल्पा । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका-७ बस्ने ५२ वर्षीय खुमबहादुर क्षेत्रीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

खुम बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

झापा, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ मिक्लाजुङ गाउँपालिका-९ वानडाँडा बस्ती बस्ने २४ वर्षीय पदम दर्जीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पदमले ती किशोरीलाई दमक नगरपालिका-३ स्थित छाप्रामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई दमक नगरपालिका-५ बाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Copyright © 2024 | All rights reserved.