साउन ०५, २०८२, आइतबार

पहिरोले घर पुरिँदा एक दम्पती बेपत्ता, बुहारी हामफालेर ज्यान जोगाइन्


clock icon 6 hours, 22 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पर्वत । पर्वतमा पहिरोमा पुरिएर एक दम्पती बेपत्ता भएका छन् ।

मोदी गाउँपालिका वडा नं ३ देउराली ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती विश्वकर्मा पहिरोमा पुरिएर बेपत्ता भएका हुन् । गएराति पहिरोले घर पुर्दा उनीहरु बेपत्ता भएको प्रहरीले जनाएको छ । 

साथै उनकी बुहारी ३२ वर्षीया पवित्रा विश्वकर्मा भने पहिरो खस्नासाथ हाम फालेर बच्न सफल भएको बताइएको छ । बेपत्ता दम्पतीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार उनीहरुको खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

शनिबार दिउँसोदेखि कास्की, पर्वतलगायत आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ, जसका कारण खोला तथा नदीमा समेत जलस्तर उच्च भएको छ । 
 

Copyright © 2024 | All rights reserved.