साउन ०६, २०८२, सोमबार

पूर्वप्रदेश प्रमुख राजेश अहिराज पक्राउ


clock icon 3 hours, 30 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश झा अहिराज पक्राउ परेका छन् । प्रहरीले अहिराजलाई आइतबार काठमाडौँबाट पक्राउ गरेको हो ।

बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि अहिराज गत बैशाखदेखि फरार थिए । 

उनीविरूद्ध २५ वर्षकी महिलाले बलात्कार आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख बनेका थिए ।

Copyright © 2024 | All rights reserved.