पुस ०२, २०८१, मंगलबार

रबि लामिछानेलाई साक्षी राखेर चेलामाथि डण्डा चलाउँदै प्रचण्ड


Advertisement Image
clock icon 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

ध्रुव लम्साल–
काठमाडौं– १७ जेठ २०६९ मा एउटा खबर सार्वजनिक भयो । ‘माओवादी जनमुक्ति सेनाका कमाण्डर प्रमुख नन्दकिशोर पुनका दुवै मृगौला काम नलाग्ने अवस्थामा’ । खबर सुनेर नमज्जा मान्नेहरु धेरै थिए ।

नेपालमा मृगौला सम्बन्धी रोग आफैँमा महँगो मानिन्छ । सर्वसाधारण नागरिकले मृगौला रोग लागेपछि उपचार गर्ने सामाथ्र्य राख्दैन । एउटा सामान्य नागरिकको जीवन बिताइरहेकाहरुलाई मृगौला रोगको उपचार सहज छैन । पुन आफैँमा सामान्य जीवनयापन गर्दै आएका नागरिक थिए । उनको उपचारको प्रसंग चल्दै गर्दा अर्को सन्देश प्रवाह भयो । पुनले भने – ‘म उपचारका लागि विदेश जान्न । जे सम्भव हुन्छ नेपालमै गर्छु ।’

सामान्य रोग लाग्दासमेत उपचारका लागि विदेश धाउने चलनले दलका नेताहरु बदनाम भइरहेको बेला पुनको अभिव्यक्तिले उनलाई सच्चा राष्ट्रवादी व्यक्तिका रुपमा चिनायो । ‘वाह नन्दकिशोर’ भन्नेहरु धेरै थिए । मृत्युको संघारमा पुगे पनि तत्कालिन सरकार र पार्टीले विदेशमा लगेर उपचार गर्ने भन्दा उनले अस्वीकार गरे, र नेपालमै उपचार गर्छु भनेपछि उनलाई धेरैले राष्ट्रवादी नेताका रुपमा समेत हेर्न थाले ।

२०६४ मा भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका पुन नेपाली कांग्रेसका नेता गगन थापासंग फराकिलो मतान्तरले पराजित भएका थिए । पहिलो संविधानसभा निर्वाचनमा देशैभर माओवादीको रातो झण्डा फर्फराउँदा पनि पुन नेपाली कांग्रेसको चार तारे झण्डाको प्रभावमा थिचिन पुगेका थिए । जनमुक्ती सेनाको कमाण्डर प्रमुखसमेत रहेका व्यक्तिलाई काठमाडौंका सुकिला मुकिलाहरुले
नरुचाएको टिप्पणी त्यति बेलै भएको थियो । त्यसो त एउटा वर्ग अहिले पनि जीवित छ, जो माओवादीलाई ‘लुटेरा’ र ‘आतंककारी’ नै देख्छ ।

जनताबाट प्रत्यक्ष निर्वाचित हुन नकसेपनि राजनीतिमा सक्रिय पुन ०७४ को निर्वाचनपछि उपराष्ट्रपतिमा निर्वाचित भए । सत्ता गठबन्धनमा उपराष्ट्रपति पद माओवादीको भागमा परेको थियो भने माओवादीको भाग पुनले पाएका थिए । राष्ट्रपतिपछि बरियतामा दोस्रो । नेपाली सेनाको सुरक्षा घेरा, अगुवा पछुवा गाडी । कतै सार्वजनिक कार्यक्रममा सहभागी हुँदा चिकित्सकसहितको टोली । सेवा–सुविधा कति हो कति । रोल्पाको राङ्सी गाविस–९, भनभनेमा जन्मिएका पुनको जीवमा चाकत्कारिक परिवर्तन आयो ।

कुनै समय अर्दानो कम्ब्याक डे«सलगाएर गोली गट्ठासहित भिर, पखेरो चहारेका पुनका सुरक्षाकर्मीसमेट सुटधारी भए । टाई, सुट र दौरा सुरुवालमा सजिएर दोसल्ला ओढाउने, ताम्रापत्र प्रदान गर्नेलगायतका कार्यक्रममा प्रमुख अतिथीको हैसियतमा सहभागी हुने अवसरलाई उनले उपलब्धिका रुपमा बुझेनन् मात्रै त्यसैलाई अनाधिकृत अवसरको रुपमा प्रयोग गर्न थाले ।

‘सयौं थुंगा फूलका हामी।।।’ सुन्दै सलामी ग्रहण गर्न थालेपछि कुनै बेला आफैँले लेखेका हामी राता मान्छे, हुरीका सन्तान हौं।।।जस्ता गीतको सान्दर्भिकता कम हुँदै गएको महसुस् गर्न थाले ।

काँटा, चम्चाले खाएर न्यापकिनले मुख पुछ्न थालेपछि नन्दकिशोर पुनहरुको स्मृतिबाट जनयुद्धकालिन सामुहिक भोजनको स्मृति हराउँदै जानु स्वभाविक थियो । राणाजीले बनाएको बहादुर भवनको गेटबाट भित्र छिरेपछि नन्दकिशोर पुनहरुलाई राणा, शाहजी जस्तै हुन कसैले सिकाउनै परेन । कुनै बेला कमरेडहरुका सम्मानित सर कृष्णबहादुर महरा, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझीहरु पुरै फेरिए, हामीले पनि नियम कानुन मान्नु पर्छ भन्ने पुरै बिर्सिए ।

कतिपय औपचारिक कार्यक्रममा जनताका मुक्तिका कुरा गरे पनि उनीहरुको व्यवहार आत्मकेन्द्रित हुन थालेका थियो । जनयुद्धको उपलब्धिस्वरुप ‘बाहरु’ ले सत्तारोहण गरिरहँदा छोरा पुस्ताहरु यति धेरै मैयत्त भए, आफूले आफैँलाई ‘नव युवराज’ को हैसियतमा राखे । गिटी, बालुवा तस्करीबाट धन्दा प्रारम्भ गरेका कमरेडपुत्रहरुले नक्कली भुटानी शरणार्थीदेखि सुन तस्करीसम्मलाई जनयुद्धको उपलब्धिका रुपमा ब्याख्या गरे ।

‘बा कमरेडहरु’ ठट्टा थिएनन् । ‘जनयुद्ध’ मा साँच्चै योगदान दिएका थिए । तिनै व्यक्तिमा गम्भिर विचलनमा आएपछि छोरा पुस्तालाई सम्झाउने कसले रु माओवादी पार्टीमा देखिएको सैद्धान्तिक विचलनकै कारण अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि दिपेश वा प्रतिकसम्मकै पुस्ता उठ्नै नसक्ने गरि पछारिएको छ । अहिले हरेक दिनजसो सुसाशनका कुरा गर्ने माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड अहिले आफैँ माओवादी पार्टीका लागि मलामी बन्न तयार छन् ।

यसका लागि एउटै उदाहरण काफी छ । नतिनीको विवाह धुमधामले गोकर्ण रिसोर्टमा गरिएको सन्दर्भमा धेरैले प्रश्न गरे – ‘जनयुद्ध हाँकेर आएका नेताका नातिनीको विवाह यति भड्किलो किन रु’ त्यसरी प्रश्न गर्नेहरुलाई जवाफ दिनु जरुरी ठानेनन्, ‘गणतन्त्रमाथि नियोजित प्रहार गर्ने प्रयास हुँदैछ’ भन्दै टारे । यसको अर्थ हो, प्रचण्ड वा अन्य माओवादी नेता–कार्यकर्ताले राम्रो के हो, खराब के हो भेउ पाउन छाडिसके ।

माओवादी नेताले गरेको ठिक–बेठिक छुट्याउनका लागि रबि लामिछानेहरुको आवश्यकता पर्छ । अहिलेकै घटना हेरौं न, प्रचण्डलाई साक्षी राखेर रबि लामिछाने हातमा सिप्किनो लिँदै माओवादी नेता कार्यकर्तालाई कान समातेर उठबस गराउँदै छन् ।

गठबन्धन अदल–बदल गर्दै पछिल्लो डेढ वर्षदेखि प्रधानमन्त्री पदमा आसिन प्रचण्डलाई लागेको होला ‘सत्तारोहणका लागि म भन्दा चतुर खेलाडी अर्को छैन ।’ लोकतान्त्रिक मुलुकमा कसैको पनि बहुमत नपुग्दा निर्वाचनपछि निर्वाचित पार्टीहरुबीच गठबन्धन गरेर सरकार बनाउनु संस्कारै हो । त्यसो त निर्वाचनअघि पनि विचार मिल्ने दलहरु सहमति गरेर निर्वाचनमा सहभागी हुने चलन नौलो होइन ।

२०८४ को चुनावमा पासा कसरी आफ्नो पोल्टामा पार्ने भनेर लगभग सबै दलहरुले तयारी थालिसकेका छन् । कतिले घोषणा गरिसके, कतिले घोषणा गर्नै बाँकी छ । वृहत बाम एकताको नारा पनि बेला–बेलामा सुनिन्छ । बृहत बाम एकता, कम्युनिष्ट एकता, गठबन्धन, महागठबन्धन जे गरे पनि २०८४ को आमनिर्वाचनमा माओवादी र अन्य खुद्रा कम्युनिष्टलाई भोट पाउन अब त्यति सजिलो देखिएको छैन ।

छोरी रेणु दाहाललाई चुनाव जिताउनका लागि कार्यकर्तालाई मतपत्र चपाउने तालिम दिएका प्रचण्डलाई लाग्दो हो २०८४ को चुनावमा पनि त्यस्तै हथ्कण्डाले काम गर्छ । पहिलो कुरा त गठबन्धन वा पार्टी एकता गएर गए पनि जनताले माओवादीलाई सहजै भोट हाल्दैनन् । दोस्रो कुरा हिजो भरतपुरमा मतपत्र चपाउँदा कांग्रेस–माओवादी गठबन्धन थियो । गठबन्धन जोगाउने वहानामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यस्ता घटनामा बिना हिच्किचाहट साक्षी बसिदिन्थे । अब देउवाका पनि पखेटा झर्न थालिसकेका छन् ।

माओवादी जनयुद्धलाई उत्कर्षमा पुर्याउने प्रचण्ड नै थिए र पछिल्ला घटनाक्रमहरु हेर्दा भन्न कर लाग्छ विलय गराउने जिम्मेवारी पनि उनैले लिएका छन् । दिपेश पुन, राहुल महरा, सन्दिप रायमाझी प्रचण्डकै संरक्षणमा हुर्के–बढेका पात्रहरु हुन् । आफू रहुन्जेल उथलपुथल हुने दावी गर्ने प्रचण्डसंग बाँकी विकल्प भनेको आफ्नै पार्टीका चेलाहरुलाई डण्डा चलाउने नै हो, रबि लामिछानेलाई साक्षी राखेर त्यो काममा पनि लागिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.