0
प्रतिक्रिया
पाेखरा। देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
जसकाे प्रभावले गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ ।
आज कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
साथै गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आज राति गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
साथै गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
Copyright © 2024 | All rights reserved.