0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा आज एकै दिनमा १५ हजार नौ सय रुपैयाँ घटेको छ ।
मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाल सुनको मूल्य एक लाख ६७ हजार दुई सय रुपैयाँ थियो ।
सरकारले सुन र चाँदीमा लाग्दै आएको १० प्रतिशत भन्सार दर घटाउने निर्णय गरेसँगै मूल्यमा भारी गिरावट आएको हो ।
यसअघि सुनको भन्सार दर २० प्रतिशत र चाँदीको १५ प्रतिशत कायम थियो । यसअघि १० प्रतिशत नै रहेको सुनको भन्सार दर अघिल्लो सरकारले बजेटमार्फत बढाएको थियो ।
Copyright © 2024 | All rights reserved.