0
प्रतिक्रिया
पोखरा । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान थालनी गरेको जोण्टा क्लब अफ पोखराले सोमबार अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा सैनिक आवसीय विद्यालयका एरिका केसी प्रथम, पश्चिमाञ्चल सेकेण्डरी स्कुलका रुक्साना पुन द्वितीय, कालिका सेकेण्डरीकी रोश्मी मगर तृतीय तथा समता निकेतनका सुमन गैह्रेले सान्त्वना स्थान हाँसिल गरे ।
प्रतियोगितामा कलाकार मनोज तामाङ्ग र कृपा श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
वितेता विद्यार्थीलाई नगद पुरस्कारसहित ट्रफी, प्रमाणपत्र प्रदान गरियो ।
क्लब अध्यक्ष रोजिना रञ्जित बिजुक्छे, मिस नेपाल इन्टरनेशलन करुणा रावत, क्लब निवर्तमान अध्यक्ष मोनिका थापालगायतले पुरस्कार प्रदान गरेका हुन् ।
कार्यक्रम संयोजक बन्दना कार्की केसीले समाज रुपान्तरणमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि जोण्टाले विभिन्न कार्यक्रम आयोजना गरेको बताइन् ।
क्लबले अभियानअन्तर्गत सडक नाटक, क्याण्टल नाइटलगायत कार्यक्रम आयोजना गर्ने उनले जानकारी दिइन् । क्लब सचिव सिर्जना कार्कीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
Copyright © 2024 | All rights reserved.