पुस ०२, २०८१, मंगलबार

पोखरा लेडी जेसीजमा अनिता खड्का


Advertisement Image
clock icon 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

 

पोखरा । पोखरा लेडी जेसीजको अध्यक्षमा अनिता खड्का निर्वाचित भएकी छन् ।

संस्थाको ३१औँ शाखा अधिवेशन तथा ३६औँ बार्षिक साधारणसभाले खड्कालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

उनी यसअघि (२०२४) को कार्यकालमा कार्यकारिणी उपाध्यक्ष भएर काम गरेकी थिइन् ।

यस्तै कार्यकारिणी उपाध्यक्षमा यसअघि (२०२४) मा सचिव भएर काम गरेकी नन्दकुमारी (गीता) ढुङ्गाना निर्वाचित भएकी छन् ।

संस्थाको उपाध्यक्षमा ईन्दिरा तिमिल्सिना, गीता सुवेदी, बिनिता केसी र सरिता भुजेल तथा निर्देशकमा मेलिना गुरुङ, यशोदा कुँवर, दीपा न्यौपाने, र ममता गर्वुजा छन् ।

यस्तै, कानूनी सल्लाहकारमा प्रमिला सुवेदी, सचिवमा करुणा पाण्डे र सहसचिवमा सिर्जना आले (ईशा) छन् ।

Copyright © 2024 | All rights reserved.