0
प्रतिक्रिया
पोखरा । पोखरामा यही मंसिर १५ गते शनिबार ध्यान शिविर हुने भएको छ । हिमालय समर्पण ध्यान योग नेपालद्वारा आयोजित शिविर पोखरा रंगशालामा बिहान ७ः३० देखि ९ः४५ बजेसम्म सञ्चालन हुनेछ ।
महर्षि श्री कृपानन्द स्वामीजीले ध्यान सिकाउने शिविरमा प्रवेश निःशुल्क गरिएको छ ।
हिमालय समर्पण ध्यान योगका प्रणेता शिव कृपानन्द स्वामीले आफ्नो आध्यात्मिक यात्रा ४५ वर्ष अगाडि नेपालको पशुपति नाथबाट प्रारम्भ भएको र रसुवा जिल्लाको हिमाच्छादित गुफामा तपश्यारत गुरु शिव बाबाबाट आत्म साक्षातकार प्राप्त भएको बताए ।
नेपाललगायत विश्वका ७२ राष्ट्रसम्म ध्यानको महत्व र ज्ञान फैलाएको भए पनि बत्तिमुनिको अध्यारो भनेजस्तै आफूले आध्यात्मिक ज्ञान पाएको नेपालमा त्यति धेरै ध्यानको ज्ञान नभएको स्वामीले बताए ।
उनले आफू नेपालमा यससँगै चार पटक आएको र नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतसमेत रहेको बताए ।
तर त्यतिबेला कोभिडका कारण केही गर्न नसकिएका बताए । विश्वका ७२ मुलुकमा जाँदा आफूले नेपालबाट आत्मा ज्ञान पाएको भनेर नेपालको प्रचार गरेको समेत स्वामी कृपानन्दले जिकिर गरे ।
आफूले व्रिटेन, भारत, जर्मनी, सिङ्गापुर, श्रीलङ्का र नेपालको संसदमा समेत शिविर सञ्चालन गरेको भन्दै स्वामीले आत्मालाई एकीकृत गर्नु नै ध्यान भएको बताए ।
आफूले कुनै पनि धर्मको प्रचार नगर्ने बताउँदै स्वामी कृपानन्दले धार्मिकता भन्दा आध्यात्मिकता धेरै फरक रहेको स्पष्ट पारे । धर्म सिँढी र अध्यात्म घर भएको उनले बताए ।
पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले ध्यान शिविरमा सहभागी भई त्यसबट फाईदा लिन आग्रह गरेका छन् ।
योगले मनलाई शान्त र स्थिर राख्ने उनले बताए । शिविरको प्रवर्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड छन् ।
Copyright © 2024 | All rights reserved.