पुस ०२, २०८१, मंगलबार

पिस सिटी लायन्सद्वारा शैक्षिक सामग्री सहयोग


Advertisement Image
clock icon 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । लायन्स क्लब अफ पोखरा पिस सिटीले पोखराकाे सिमलचौरस्थित श्रीराम आधारभूत विद्यालयमा शैक्षिक सामग्री सहयोग गरेको छ ।

क्लबको १३औँ स्थापनाको अवसर पारेर विद्यालयका कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थीलाई स्टेशनरी र खेलकुदका सामग्री वितरण गरेको हो ।

स्टेशनरी सामग्रीमध्ये १२ दर्जन कपी बाबा फाउण्डेशन नेपालले उपलब्ध गराएको क्लबका पूर्वअध्यक्ष टंकराज अधिकारीले जानकारी दिए ।

कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका पूर्वडिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, डिष्ट्रिक्ट चिफ एडभाइजर शैलेन्द्र मोहन भट्टराई, क्लबका संस्थापक अध्यक्ष सुदीपराज ढुंगाना, क्लब अध्यक्ष दीपेन्द्र चालिसेलगायतले विद्यालय व्यवस्थापन समिति अध्यक्ष मुक्तिराम चालिसे, प्रधानाध्यापक तीर्थराज न्यौपाने, सहायक प्रधानाध्यापक कल्पना पौडेल रेग्मीलाई हस्तान्तरण गरेका थिए ।

क्लबले विगत १० वर्ष यता स्थापना दिवस अनावश्यक खर्च गर्ने क्रमलाई परिवर्तन गर्दै विभिन्न सामाजिक काम गरी मनाउँदै आएको छ ।

पूर्वडिष्ट्रिक्ट गभर्नर राम बसेल र डिष्ट्रिक्ट चिफ एडभाईजर शैलेन्द्र मोहन भट्टराईले फजुल खर्च गरी स्थापना दिवस मनाउनु भन्दा यस्ता खालका रचनात्मक कार्यका माध्यमबाट मनाउँदा सामाजिक योगदानका साथै अरुका लागि पनि अनुकरणीय बन्ने बताए ।

क्लब अध्यक्ष चालिसेको अध्यक्षता भएको कार्यक्रममा संस्थापक अध्यक्ष ढुङ्गाना, पूर्व अध्यक्षद्वय टंकराज अधिकारी, जीवन ढुंगाना, क्लब प्रथम उपाध्यक्ष ज्ञानेन्द्रबहादुर थापालगायतले बोलेका थिए ।

Copyright © 2024 | All rights reserved.