0
प्रतिक्रिया
पाेखरा। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा गण्डकी, कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।
आज राति गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।
गण्डकी प्रदेशकाे उच्च पहाडी तथा हिमाली भागका एक-दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आगामी २४ घण्टामा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट पर्यटन तथा पर्वतारोहणमा आंशिक असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्क रहन अनुरोध गरेको छ ।
Copyright © 2024 | All rights reserved.