पुस ०२, २०८१, मंगलबार

साना तथा मझौला व्यवसायी महासंघको विशेष अधिवेशन आज पोखरामा


Advertisement Image
clock icon 1 week, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । साना तथा मझौला व्यवसायी महासंघ नेपालको २०औँ साधारणसभा तथा विशेष अधिवेशन शनिबार हुने भएको छ । 

अधिवेशन उद्घाटन नेपाल सरकारका उप–प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्नेछन् ।

कार्यक्रम पोखराको लेकसाइडस्थित क्रिस्टल महलमा बिहान १० बजे शुरु हुने महासंघका अध्यक्ष हरि पराजुलीले जानकारी दिए ।

कार्यक्रममा देशभरका प्रत्येक जिल्लाबाट पाँच, पाँच जना प्रतिनिधि सहभागी हुने अध्यक्ष पराजुलीले बताए ।

महासंघका अनुसार नेपालमा करिब चार लाख लघु घरेलु तथा साना उद्योग छन । परम्परागत रुपमा सञ्चालित प्रायःजसो उद्योग छरिएर रहेका र बजारको उचित प्रबन्धबाट बञ्चित छन् ।

अत्याधुनिक प्रविधि र अन्य व्यवसायिकता क्षमताको हिसाबले प्रतिस्पर्धी बन्न सक्ने अवस्थामा हुँदा पनि यस्ता उद्योगले अपेक्षित प्रतिफल दिन नसकेको अवस्था छ ।

यस्ता उद्योगको समुचित विकास हुन सकिरहेको छैन भने अर्कोतर्फ पुस्तान्तरण हुन नसक्दा प्रायजसो उद्योगहरु रुग्ण तथा बन्द अवस्थामा रहेको महासंघले जनाएको छ । 

साना तथा मझौला उद्योगको प्रवर्द्धनमा केन्द्रित कार्यक्रम ल्याउन जरुरी रहेको र यसका लागि सबै क्षेत्रको संयुक्त पहल आवश्यक रहेको महासंघको निष्कर्ष छ ।

अधिवेशनमा साना तथा मझौला व्यवसायीमध्येबाट उद्योग, वाणिज्य, पर्यटन, कृषि, उर्जालगायत सेवा क्षेत्रका विभिन्न प्रकृतिका व्यवसायीको पहिचान र वर्गिकरण गर्नुका अलवा अभिमुखीकरण अभियान सञ्चालन, महिला उद्यमीको क्षमता अभिवृद्धिलगायतका विषयमा छलफल हुने बताइएको छ । 

Copyright © 2024 | All rights reserved.