0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं १७ स्थित ड्यामसाइड क्लबको अध्यक्षमा रमेशप्रसाद बराल निर्वाचित भएका छन् ।
क्लबको शनिबार भएको १७औँ साभारणसभा तथा १३औँ अधिवेशनले बराललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
क्लबको बरिष्ठ उपाध्यक्ष पुजन थकाली, उपाध्यक्ष नीतिन शेरचन (किरण), महासचिव राकेश श्रेष्ठ, सचिवमा प्रमिन्द्र थापा र कोषाध्यक्षमा सफल थापा छन् ।
यस्तै, कार्यसमिति सदस्यमा सुनील हिराचन, प्रकाश गुरुङ, सन्ध्या श्रेष्ठ, विकास रानाभाट, गम्भीर परियार, प्रकाश गुरुङ र मिराज थापामगर छन् ।
नवनिर्वाचित अध्यक्ष बरालले क्लबबाट हालसम्म दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन भइसकेको भन्दै खेलकुदको विकासमा स्थानीय स्तरमा संचालित क्लबको योगदान महत्वपूर्ण हुने बताए ।
महासचिव श्रेष्ठले फुटबल खेललाई मुख्य उद्देश्य राखेर करिब तीन दशक अघि स्थापित क्लबले खेलकुदसँगै सामाजिक कार्यमा पनि आफूलाई समर्पित गर्दै आएको स्पष्ट पारे ।
Copyright © 2024 | All rights reserved.