0
प्रतिक्रिया
पोखरा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्टस्ले शानदार शुरुआत गरेको छ । त्रिविविको मैदानमा भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको हो ।
१२८ रनको झिनो चुनौती जनकपुरले १५दशमलव३ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो । जनकपुरका लागि श्रीलंकन खेलाडी लहिरु मिलन्थाले ५३ बलमा अविजित रहँदै ७५ रन जोडे ।
यस्तै क्यानेडियन खेलाडी हर्ष थाकेरले ३३ बलमा अविजित रहँदै २९ रन बनाए । क्रिस सोल र प्रतिस जिसीले १-१ विकेट लिए ।
यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १९ ओभरमा अलआउट हुँदै १२७ रनमा समेटियो । मार्टिन गप्टिलले ४३ बलमा ५५ रन बनाए बाहेक कोही पनि टिक्न सकेनन् । अकिब इलियासले १५ रन बनाए । त्यसबाहेक कसैले पनि दोहोरो स्कोर खडा गर्न सकेनन् ।
कम योगफलमै रोक्ने क्रममा ललित राजवंशीले ३ तथा किशोर महतो र हर्ष ठाकेरले २-२ विकेट लिए । बेन माइक र मोम्मद मोहसिनले १-१ विकेट झारे ।
एनपीएलमा आठ टिम रहेका छन् । आइतबार कुनै खेल हुने छैन । सोमबार दुई खेल हुनेछन् । सोमबारको पहिलो खेलमा बिहान ९ः१५ बजे काठमाडौँ गुर्खाज् र चितवन राइनोज खेल्नेछन् । यस्तै दिउँसो १ः१५ बजे जनकपुर बोल्टस् र कर्णाली याक्स खेल्नेछन् ।
Copyright © 2024 | All rights reserved.