जेठ ०१, २०८२, बुधबार

स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि मतदान जारी


Advertisement Image
clock icon 5 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि मतदान जारी छ । अधिकांश स्थानमा बिहान ७ बजेदेखि नै मतदान शुरु भए पनि कतिपय स्थानमा ढिला गरी मतदान शुरु भएको छ ।

आयोगले अहिलेसम्म शान्तिपूर्वक मतदान भइरहेको बताएको छ । मतदान साँझ ५ बजेसम्म हुनेछ ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भइरहेको हो ।

गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् ।

अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् । आयोगले निर्धक्कसँग मतदान गर्न आग्रहसमेत गरेको छ ।

Copyright © 2024 | All rights reserved.