पुस ०२, २०८१, मंगलबार

राधाकृष्ण गुरुकुलको अक्षयकोषमा ३० लाख रुपैयाँ पुग्यो


Advertisement Image
clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको अक्षयकोषमा रकम थपिनेक्रम जारी छ । विद्यालयलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न अक्षयकोष स्थापना भएको थियो ।

कोष स्थापना भएसँगै ३० लाख रुपैयाँ जम्मा भइसकेको बताइन्छ । अक्षयकोषमा कम्तीमा एक करोड रुपैयाँ पुर्‍याउने लक्ष्य छ ।

विभिन्न सङ्घसंस्था प्रतिष्ठान एवं व्यक्तिबाट अक्षयकोषमा रकम जम्मा भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नागेन्दप्रसाद्र रेग्मीले जानकारी दिए ।

अक्षयकोषमा पद्मजगत् स्मृति प्रतिष्ठानले १० लाख, धनबहादुुर थापाले एक लाख ११ हजार, भगवती पन्तले ५२ हजार ५५, मातृका सिग्देलको स्मृतिमा हरिमाया सिग्देल र परिवारजनले ५१ हजार एक सय ११, वासुदेव तिवारीले ५० हजार, खगराज अधिकारीले ३७ हजार र विष्णुमाया पण्डितले १५ हजार प्रदान रुपैयाँ प्रदान गरेका छन् ।

लामोआहालस्थित राधाकृष्ण मन्दिर आध्यात्मिक जागरण सहित निम्बार्क सम्प्रदायको बिस्तार गर्ने लक्ष्यका साथ २०२२ सालमा स्थापना भएको हो ।

२०७० सालमा स्वीकृति प्राप्त गरी २०७१ सालबाट सञ्चालनमा आएको यस विद्यालयमा कक्षा ६ देखि १० सम्मको अध्ययनअध्यापन हुँदै आएको छ ।

Copyright © 2024 | All rights reserved.