0
प्रतिक्रिया
पोखरा । डोटीको पूर्वीचौकी गाउँपालिका-६ को वडाध्यक्षमा नेपाली कांग्रेसका मोहन थापा विजयी भएका छन् । उपनिर्वाचनमा उनले चार सय ६८ मत प्राप्त गरी विजयी भए ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार उनँका निकटतम् प्रतिद्वन्द्वी एमालेका देवबहादुर थापाले तीन सय एक मत प्राप्त गरे ।
साथै राष्ट्रिय स्वतन्त्र पार्टीका जानकी कुमारी खड्का (कुँवर)ले ३१ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का देवीलाल थापाले २६ मत प्राप्त गरे ।
निर्वाचन कार्यालयका अनुसार १३ मत बदर भएको छ । कूल एक हजार पाँच सय ९३ मतदाता रहेको वडामा आठ सय ३९ मत खसेको थियो ।
यसअघि २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् ।
Copyright © 2024 | All rights reserved.