0
प्रतिक्रिया
पाेखरा। नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ ।
विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १११ रनमात्र बनाउन सक्यो ।
सुमित महर्जनले सर्वाधिक २९ रन बनानएको इनिङ्समा मिचेल लेभिट १६ बलमा २५ रन बनाएर आउट भए ।
पाकिस्तानी बलर सोहेल तन्भिरले ५ विकेट लिए । उनले २१ रन खर्चेका थिए ।
त्यस्तै कुशल मल्ल, रिजन ढकाल, अमर राउटेला र लुक बेन्केस्टिनले १–१ विकेट लिए ।
काठमाडौँको नेतृत्व करण केसीले गरेका छन् भने चितवनको नेतृत्व कुशल मल्लले गरेका छन् ।
जवाफमा चितवनले १७दशमलव१ ओभरमा ५ विकेटको क्षतिमा जित हासिल गर्यो ।
सन्तोष कार्कीले ३१ बलमा अविजित रहँदै २८ रन बनाए भने लुक बेन्केन्स्टेइनले १७ बलमा २२ तथा शरद भेषावकरले २१ बलमा अविजित रहँदै ११ रन जोडे ।
काठमाडौँका लागि शहाब आलमले सर्वाधिक ३ विकेट लिए ।
प्रतियोगिताको तेस्रो खेलमा आज दिउँसो जनकपुर बोल्टस र कर्णाली याक्स भिड्दै छन् ।
यसअघि भएको उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।
पहिलो पटक आयोजित एनपीएलमा आठ टिम छन् ।
Copyright © 2024 | All rights reserved.