0
प्रतिक्रिया
पाेखरा। नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटको तेस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्टसबीचको खेल भइरहेको छ ।
कीतिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १४१ रन बनायो ।
कर्णालीका लागि महँगा भारतीय खेलाडी शिखर धवन (गब्बर) सहितका विदेशी खेलाडी फ्लप भएपछि नेपाली खेलाडीले नै सम्मानजनक योगफल बनाएका हुन् ।
गुल्सन झाले २७ बलमा ३६, अर्जुन घर्तीले २२ बलमा ३३ तथा कप्तान सोमपाल कामीले १३ बलमा अविजित रहँदै २९ रन बनाए ।
त्यसबाहेक शिखर धवनले १४ बलमा १४, हङकङका बाबर हायतले २५ बलमा १२ तथा वेष्ट इन्डिजका चाडविक वाल्टनले १२ बलमा ८ रनमात्र बनाए । जनकपुरका मोहम्मद मोहसिनले २ विकेट लिए ।
जनकपुरको नेतृत्व अनिल साहले गरेका छन् । यो कर्णालीको पहिलो खेल हो भने जनकपुरले दोस्रो खेल खेलिरहेको हो । जनकपुरले पहिलो खेल जितेको थियो ।
प्रतियोगिताको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।
उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो । पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन् ।
Copyright © 2024 | All rights reserved.