पुस ०२, २०८१, मंगलबार

उपनिर्वाचनमा कसले कति सिट जित्यो ?


Advertisement Image
clock icon 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सोमबारको मध्यराति सबै स्थानको मतपरिणाम सार्वजनिक भएको हाे।

जसमा देशकै ठूलो दल नेपाली कांग्रेसले एक मेयर र १६ वडाध्यक्षसहित १७ स्थान जितेको छ । कांग्रेस यो उपनिर्वाचनमा पनि अन्य दलभन्दा पहिलो स्थानमै कायम छ । तर यो निर्वाचनले कांग्रेसलाई घाटा लागेको छ ।

यसैगरी दोस्रो ठूलो दल नेकपा एमालेले एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष र पाँच वडाध्यक्ष गरी आठ स्थान जितेको छ । एमाले यो उपनिर्वाचनमा तेस्रो स्थानमा छ । एमालेलाई माओवादी केन्द्रले पछि पारेको छ ।

संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, एक नगरपालिका उपप्रमुख, दुई गाउँपालिका उपाध्यक्ष उपाध्यक्ष र सात वडाध्यक्ष जितेको छ । माओवादी केन्द्र यो उपनिर्वाचनमा एमाले भन्दा तीन सिटले अगाडि छ ।

यस्तै जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक-एक स्थानमा जित हासिल गरेका छन् ।

यो निर्वाचनमा देशकै नजर परेको काठमाडौं कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका कृष्णमान डंगोल मेयरमा विजयी भएका हुन् ।

डंगोल ५ हजार ३३४ मतसहित विजयी भएका हुन् । यहाँ माओवादी केन्द्र दोस्रो भएको छ । माओवादीका शिवशरण महर्जनले ४ हजार ५५ मत प्राप्त गरेका छन् ।

२०७९ को निर्वाचनमा दोस्रो भएको एमाले उपनिर्वाचनमा भने तेस्रो स्थानमा खुम्चिएको छ । एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत मात्र प्राप्त गरे । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले समर्थन गरेका स्वतन्त्र उम्मेदवार राजमान महर्जन चौथो भएका छन् ।

उपनिर्वाचन प्रयोजनका लागि २५ वटा राजनीतिक दल दर्ता भएकोमा २० वटा राजनीतिक दलको तर्फबाट उम्मेदवारी परेको थियो।

जसअनुसार तीन पदमा निर्विरोध हुँदा त्यसबाहेक नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडा अध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि राजनीतिक दलका २७४ जना र स्वतन्त्र १०२ जना गरी जम्मा ३७६ जना उम्मेदवार रहेका थिए । यस्तै उपनिर्वाचन भएका स्थानीय तह तथा वडामा २ लाख २६ हजार ७९९ मतदाता रहेकोमा करिब ६२ प्रतिशत मत खसेको थियो ।

कहाँ को विजयी ?

नेपाली कांग्रेसबाट निर्वाचितहरू 

कृष्णमान डंगोल-मेयर, कीर्तिपुर नगरपालिका

अर्जुन प्रसाद तिवारी-वडाध्यक्ष, हेटौँडा उपमहानगरपालिका -१२

आनन्द श्रेष्ठ-वडाध्यक्ष, मुसिकोट नगरपालिका-१

राजेन्द्र बानियाँ-वडाध्यक्ष, कीर्तिपुर नगरपालिका-४

प्रकाश चन्द-वडाध्यक्ष, भीमदत्त नगरपालिका-६

अमिन थारु-वडाध्यक्ष, ठाकुरबाबा नगरपालिका-४

तेतर साहु–तेतर साहु-वडाध्यक्ष, गढी गाउँपालिका-६

समसे आलम-वडाध्यक्ष,राजपुर नगरपालिका-६

धिरेन्द्र पुजारा-वडाध्यक्ष,सूर्मा गाउँपालिका-४

भुपमणी पुन मगर-वडाध्यक्ष,रुन्टीगढी गाउँपालिका-४

शेख अब्दुल खलिक-वडाध्यक्ष,ईशनाथ नगरपालिका-७

मोती राम खत्री-वडाध्यक्ष,सानीभेरी गाउँपालिका-५

इच्छा कुमार महर्जन-वडाध्यक्ष,कीर्तिपुर नगरपालिका-१

मोहन थापा-वडाध्यक्ष,पूर्वीचौकी गाउँपालिका-६

नगेन्द्र लिम्बु-वडाध्यक्ष,लालीगुराँस नगरपालिका-८

धन सिंह कुँवर-वडाध्यक्ष, दुहुँ गाउँपालिका-५

खम्ब बहादुर सिँह-वडाध्यक्ष, कुसे गाउँपालिका-७

नेकपा माओवादी केन्द्रबाट विजयी भएकाहरू

नमो नारायण माझी-अध्यक्ष, ग्रामथान गाउँपालिका-६

देवका लामिछाने-उपमेयर, नलगाड नगरपालिका-४

देवकी तिमल्सिना-उपाध्यक्ष, सर्केगाड गाउँपालिका-१

नरपुरा बुढा-वडाध्यक्ष, पुथा उत्तरगंगा गाउँपालिका-३

कृष्ण घिमिरे-वडाध्यक्ष, ककनी गाउँपालिका-२

नविन कुमार वान्तवा राई-वडाध्यक्ष, त्रियुगा नगरपालिका-१२

शुनिल कापर केवट-वडाध्यक्ष, धनुषाधाम नगरपालिका-१

बिष्णु बहादुर मगर-वडाध्यक्ष, गोरखा नगरपालिका-५

नर बहादुर झाँक्री-वडाध्यक्ष, त्रिपुरासुन्दरी नगरपालिका-५

भरत घिमिरे-वडाध्यक्ष, बेलका नगरपालिका-९

जगत् घर्ती-वडाध्यक्ष, पुथा उत्तरगंगा गाउँपालिका-२ (निर्विरोध)

नेकपा एमालेबाट विजयी भएकाहरू

जंग बहादुर शाही-अध्यक्ष, महाबु गाउँपालिका

उमा लुङ्गेली मगर शेर्पा-उपाध्यक्ष, गौरिशंकर गाउँपालिका

सुलोचना कुमारी भण्डारी-वडाध्यक्ष, स्वामीकार्तिक खापर गाउँपालिका

मोहमद ताहिर मुसलमान-वडाध्यक्ष, शुद्धोधन गाउँपालिका-१

सकिवुल खाँ-वडाध्यक्ष, रामगोपालपुर नगरपालिका-२

लाल बहादुर शाही-वडाध्यक्ष, दुल्लु नगरपालिका-१३

गंगा वहादुर तामाङ-वडाध्यक्ष, मोलुङ गाउँपालिका-५

कुमारी सावादेन-वडाध्यक्ष, सिरीजङ्घा गाउँपालिका-३

जसपा नेपालबाट निर्वाचित भएकाहरू

धिरेन्द्र कुमार साह-वडाध्यक्ष, डाक्नेश्वरी नगरपालिका-१

देवेन्द्र प्रसाद यादव-वडाध्यक्ष, डाक्नेश्वरी नगरपालिका-४

रास्वपाबाट निर्वाचित

रोजिना श्रेष्ठवडाध्यक्ष, काठमाडौँ महानगरपालिका-१६

एकीकृत समाजवादीबाट निर्वाचित

बजरंगी प्रसाद यादव-वडाध्यक्ष-गढीमाई नगरपालिका-८

नेमकिपाबाट निर्वाचित

खड्ग राज शाही-वडाध्यक्ष, तिलागुफा नगरपालिका-४

स्वतन्त्र उम्मेदवार

लक्ष्मी प्रसाद ओली-वडाध्यक्ष, कन्काई नगरपालिका-६

जिल्ला समन्वय समितितर्फ 

ओखलढुंगा प्रमुखमा टेकराज भट्टराई (कांग्रेसबाट निर्विरोध

कैलाली प्रमुखमा टीका कुमारी चौधरी (भुल) कांग्रेसबाट निर्विरोध)

Copyright © 2024 | All rights reserved.