पुस ०२, २०८१, मंगलबार

आइजीपी कुँवर लमजुङमा


Advertisement Image
clock icon 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय लमजुङको अवलोकन गरेका छन् ।

सो क्रममा आइजीपी कुँवरले सो कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई प्रहरी कार्यसम्पादनका विभिन्न विषयमा निर्देशन दिएका छन् ।

कानूनको कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी नेपाल प्रहरीको रहेको भन्दै उनले प्रहरी हरेक पल नागरिकको साथमा रहेर सहकार्य गर्नुपर्ने बताए ।

साथै उनले नागरिकको समस्यामा सहजीकरण गर्नेतर्फ केन्द्रित हुन प्रहरी अधिकृतलाई निर्देशन दिए ।

आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसाथ गरी सिमान्तकृत एवं पीडितवर्गको सारथि भई उनीहरूको समस्या र गुनासोलाई सम्बोधन गर्नसमेत उनले निर्देशन दिए ।

Copyright © 2024 | All rights reserved.