0
प्रतिक्रिया
पोखरा । सिजी मोटर्सको टीटी ग्लोबल प्रालिले पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीलाई फास्ट चार्जर हस्तान्तरण गरेको छ ।
चार्जिङ स्टेशन विस्तार भएपछि विद्युतीय गाडी चार्ज गर्नका लागि यातायात व्यवसायी लाभान्वित हुने विश्वासका साथ चार्जर हस्तान्तरण गरिएको हो ।
सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीलाई चार्जर हस्तान्तरण गरे । कम्पनीको कार्यालय परिसर फिर्केमा चार्जिङ स्टेशन स्थापना गरिने बताइएको छ ।
टीटी ग्लोबलले केवाइसी, किङलङ, नेटा, रिडारा र अभतारको बिक्री वितरण गर्दै आइरहेको छ ।
अध्यक्ष केसीले विद्युतीय गाडीमा आकर्षण बढिरहेकाले चार्जिङ स्टेसनको पूर्वाधार विकास हुनुपर्ने बताए । उनले आगामी दिनमा सिजी मोटर्ससँग सहकार्य गर्दै अगाडि बढ्न आफूहरू तयार रहेको बताए ।
टीटी ग्लोबलका निर्देशक प्रमेश पराजुलीले चार्जिङ स्टेसन तथा अन्य पूर्वाधार विकासमा सिजी मोटर्स र टिटी ग्लोबल प्रतिबद्ध रहेको बताए । बिक्री पछिको सेवा प्राथमिकतामा रहेको उनले जनाए ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका प्रवन्ध निर्देशक ज्ञानबहादुर केसीले व्यवसायीहरूको हितमा कम्पनी सक्रिय भएर लागिरहेको बताएका छन् ।
सिजी मोटर्सले देशभर दुई सय भन्दा बढी स्थानमा फास्ट चार्जिङ स्टेसन स्थापना गरिसकेको छ । अबको एक वर्षभित्र थप दुई सय स्थानमा विस्तार गरिने प्रमुख कार्यकारी अधिकृत अग्रवालले बताए ।
Copyright © 2024 | All rights reserved.