पुस ०२, २०८१, मंगलबार

चिसाे बढ्याे, कस्तो रहला आजकाे मौसम ?


Advertisement Image
clock icon 1 week, 4 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । पश्चिमी वायुको प्रभाव कायमै रहेकाे छ । जसकाे प्रभावले केही दिन यता चिसाे बढेको छ । 

आज कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार देशका अन्य क्षेत्रको मौसम बुधबार मुख्यतया सफा रहने छ ।

राती कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेपनि अन्य भागको मौसम मुख्यतया सफा रहने जनाइएको छ ।

आगामी २४ घण्टाको अन्तरालमा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पर्यटन तथा पर्वतारोहण क्षेत्रमा आंशिक असर पर्न सक्ने बताइएको छ । जसका लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ । 

Copyright © 2024 | All rights reserved.