पुस ०२, २०८१, मंगलबार

कोटीहोममा भक्तजनको घुइँचो


Advertisement Image
clock icon 1 week, 4 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ ढुङ्गेसाँघु, पट्नेरीमा जारी कोटीहोममा कथा प्रवचन शुरु भएको छ । यज्ञको दोस्रो दिन मंगलबारबाट कथा प्रवचन शुरु भएको हो ।

प्रमुख वाचक शोभाकान्त ढकाल (कृपालु दास), दिग्दर्शनवाचक शिरोमणि दीपक सापकोटा, भागवतमन्जरी पुज्य राधाकिशोरी दासीले कथा वाचन गरेका थिए ।

कोटीहोममा भक्तजनको उल्लेख्य सहभागिता बढ्दै गएको यज्ञ मूल समारोह समिति संयोजक नारायण भण्डारीले जानकारी दिए । कोटीहोम सोमबारदेखि शुरु भएको हो ।

प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) का अनुसार धार्मिक पर्यटकीय केन्द्र बनाउनुका साथै संकल्पलाई पूरा गर्न कोटीहोम आयोजना गरिएको हो ।

अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिले कोटीहोमको आयोजना गरेको हो । कोटीहोम मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ ।

ढुङ्गेसाँघु बसपार्कसम्म आएका भक्तजनलाई यज्ञ स्थलमा लैजानका लागि आयोजकले गाडीको व्यवस्था गरिएको छ ।

कोटीहोममा १५ भन्दा बढी वाचक सहभागी हुँदैछन् । समिति उपाध्यक्ष राजकुमार बरालका अनुसार धाममा १०८ शिवलिङ्ग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी, ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने तयारी छ ।

Copyright © 2024 | All rights reserved.