पुस ०२, २०८१, मंगलबार

काठमाडौँसँग कर्णाली तीन विकेटले पराजित


Advertisement Image
clock icon 1 week, 4 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णालीलाई ३ विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा काठमाडौँले १५० रनको चुनौती १९.३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको हो । 

कर्णालीका लागि सुमित महर्जनले ३७ बलमा अविजित रहँदै ४०, गेर्हार्ड इरास्मसले २८ बलमा ३८ तथा कप्तान करण केसीले १० बलमा २८ रन बनाए ।  बिपिन शर्माले १८ रन खर्चेर १ विकेट लिए ।

खेलमा टस हारेर पहिले याटिङ गरेको कर्णालीले ५ विकेटको क्षतिमा १४९ रन बनायो । 

कर्णालीका लागि शिखर धवन ‘गब्बर’ ले ५१ बलमा ५ छक्का र ४ चौकाको मद्धतले अविजित रहँदै ७२ रन बनाए । 

त्यस्तै चाडविक वाल्टनले २१ तथा जीशन मसूदले अविजित रहँदै १४ रन जोडे । 

काठमाडौँका लागि गेर्हार्ड इरास्मसले २ विकेट लिए । 

योसँगै कर्णालीले लगातार दोस्रो खेल हारेको छ । पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । 

त्यस्तै काठमाडौँको यो पहिलो जित हो । यसअघि काठमाडौँ चितवनसँग ५ विकेटले पराजित भएको थियो । 

आजको दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लाइन्स खेल्दैछन् । लुम्बिनीले पहिलो खेल खेल्दैछ भने विराटनगरको यो तेस्रो खेल हुनेछ । यसअघिका दुवै खेल विराटनगरले हारेको छ । 

Copyright © 2024 | All rights reserved.