पुस ०२, २०८१, मंगलबार

२६औँ पोखरा सडक महोत्सवको तयारी


Advertisement Image
clock icon 1 week, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । रेवान पोखरा २६औँ पोखरा सडक महोत्सवको तयारीमा जुटेको छ ।

रेवानले महोत्सवको तयारीअन्तर्गत संस्थामा आबद्ध रेस्टुरेन्टका सञ्चालकसँग सल्लाह सुझाव लिइएको छ ।

छलफलमा सहभागीले पोखरा सडक महोत्सव नेपालकै एक पृथक महोत्सव भएकाले यसलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका थिए ।

महोत्सव संयोजकसमेत रहेका रेवान पोखराका द्वितीय उपाध्यक्ष विकास भट्टराईले यस पटकको महोत्सवमा हुने आकर्षणका विषयमा प्रकाश पारेका थिए ।

उनले सडकमा विभिन्न खानाका परिकार, सांगीतिक कार्यक्रम, लेकसाइडका विभिन्न स्थानमा स्टेज निर्माण, मनोरञ्जनात्मक खेलकुद कार्यक्रमलगायत रहने जानकारी गराए ।

महोत्सवको मुख्य स्थल कोमागाने पार्कमा मुख्य स्टेज बन्ने, त्यहीँ लाइभ ब्यान्डसँगै विभिन्न स्टल रहने उनले बताए ।

रेवान अध्यक्ष विश्वराज पौडेलले फिस्टेल गेटदेखि अम्मट, गौरीघाट, हल्लनेचोक गैह्राको चौतारा तथा पूर्वतर्फ जरेवरसम्म झण्डै चार किलोमिटर क्षेत्रभित्र महोत्सवको आयोजना गरिने बताए ।

छलफलमा संस्थामा आबद्ध सदस्य तथा महोत्सवका मुख्य प्रायोजक, सहप्रायोजक एवं सहयोगी सहभागी थिए ।

संस्थाका निवर्तमान अध्यक्ष नरेश भट्टराईले पोखरा सडक महोत्सवका प्रायोजक गोर्खा बुअरी, वरुण बेभ्रेजको पेप्सी, खुकुरी रमलगायतले विगतदेखि गर्दै आएको सहयोगले आगामी वर्षमा पनि निरन्तरता पाउने अपेक्षा प्रकट गरे ।

सल्लाहकार समिति संयोजक गणेशबहादुर भट्टराईले २६औँ संस्करणसम्म आइपुग्दा पोखरा सडक महोत्सवले अन्तर्राष्ट्रिय स्तरमा पोखराको छुट्टै पहिचान बनाउन सफल भएको बताए । संस्थाका महासचिव वीरेन्द्र शेरचनले महोत्सव सफल पार्न पोखरेलीलाई आग्रह गरे ।

Copyright © 2024 | All rights reserved.