पुस ०२, २०८१, मंगलबार

पोखरा महानगरको विशेष नगरसभा स्थगित


Advertisement Image
clock icon 1 week, 3 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिकाको विशेष नगरसभा स्थगित भएको छ ।

यही मंसिर २३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो । 

आजको नगरसभामा नगर प्रमुख धनराज आचार्यले विभिन्न ६ बुँदे प्रस्ताव प्रस्तुत गरेका थिए । 

नगर प्रमुख आचार्यको प्रस्तावमाथि अध्ययन गर्ने समय भन्दै तीन दिन सभा स्थगित गरिएको हो ।

नगरसभा बिहान ११ बजेका लागि बोलाइएको थियो ।

नगरसभा समयमै शुरु नभएपछि समयमै शुरु गर्न माग गर्दै सदस्यहरुले नाराबाजी गरेका थिए । 

Copyright © 2024 | All rights reserved.