0
प्रतिक्रिया
पोखरा । वडा प्रहरी कार्यालय बैदाम कास्कीको नवनिर्मित भवनको बिहीबार उद्घाटन गरिएको हो ।
प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुवँरले एक कार्यक्रममा सो भवन उद्घटन गरेका हुन् ।
उक्त अवसरमा आईजीपी कुँवरले जनलाई अहोरात्र सुरक्षाको प्रत्याभूति दिलाउनेमा कुनै दुईमत नभएको बताए ।
समाजमा रहेका अराजकता, अवान्छित तथा आपराधिक गतिविधि नियन्त्रणमा कुनै कुसर बाँकी नराख्न उनले निर्देशन दिए ।
कार्यक्रममा भवन निर्माण कार्यमा सहयोग गर्ने र जग्गा प्रदान गर्न सहयोग गर्नेलाई सम्मान गरिएको थियो ।
१० करोड ६० लाख ३३ हजारको लागतमा भवन निर्माण गरिएको हो ।
सो भवनमा कार्यालय, व्यारेक भवन, हिरासत कक्ष, मेस भवन र शौचालय छन् ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, पोखरा महानगरपालिकाका पूर्वमेयर मानबहादुर जिसी, अन्नपूर्ण गाँउपालिका अध्यक्ष विष्णुबहादुर केसी, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, प्रहरी नायव उपरीक्षक ईन्जिनियर ध्रुव अधिकारी, कास्की कांग्रेस सभापति किशोरदत्त बराललगायतले बोलेका थिए ।
Copyright © 2024 | All rights reserved.