पुस ०२, २०८१, मंगलबार

पश्चिमी वायुको प्रभाव : कस्ताे रहला आजकाे माैसम ?


Advertisement Image
clock icon 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशीक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका भूभाग तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसे कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

साथै गण्डकी, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू‍भागमा आंशिकदेखि साधारणतया बदली रहने छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी  था हिमाली भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

Copyright © 2024 | All rights reserved.