पुस ०२, २०८१, मंगलबार

एनपीएलमा चितवन र जनकपुरको जीत


Advertisement Image
clock icon 1 week, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा जनकपुरले लुम्विनी लायन्सलाई मात्र एक रनले तथा दोस्रो खेलमा चितवनले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको हो ।

प्रतियोगितामा जनकपुरको यो लगातार चौथो जीत हो । जनकपुरले यसअघि विराटनगर, कर्णाली र पोखरालाई हराएको थियो ।

आइतबार जनकपुरले जीतका लागि दिएको एक सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३५ रनमा समेटियो ।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन बनाए । त्यसैगरी टम मुर्सले ३१ तथा सन्दीप जोराले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

खेलको अन्तिम बलमा जीतका लागि दुई रन आवश्यक रहेकामा हर्ष ठाकरले सन्दीप जोरालाई आउट गराएपछि जनकपुरको जीत पक्का भएको थियो ।

जनकपुरका लागि हर्ष ठोकरले सर्वाधिक पाँच विकेट लिए भने किशार महतो, शेर मल्ल र ललित राजवंशीले समान एक÷एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३६ रनको मध्यम योगफल तयार गरेको थियो । जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन जोडे ।

यस्तै लाहिरु मिलन्थाले २४, शुभ कंसाकरले अविजित २२ रन बनाए । जनकपुरका ओपनर तथा मार्की खेलाडी आसिफ शेख १६ रन बनाउँदै आउट भएका थिए ।

लुम्बिनीका लागि अभिषेक गौतमले तीन विके, कप्तान रोहितकुमार पौडेल र साद विन जाफरले समान दुई÷दुई विकेट लिए । त्यस्तै सन्दीप जोराले एक विकेट झारे ।

योसँगै लुम्बिनीको यो लगातार चौथो हार हो । यसअघि लुम्बिनी विराटनगर किङ्ग्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

प्रतियोगितामा सुदूरपश्चिमको यो पहिलो हार हो । यसअघि सुदूरपश्चिमले विराटनगर किङ्ग्स, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सलाई हराएको थियो ।

यता चितवन राइनोजले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउदै एक सय ३१ रनमा समेटिन पुग्यो ।

सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन जाडे । त्यस्तै सेफ जेबले १८, विनोद भण्डारीले १०, दिलप्रित बाज्वाले १२ तथा नरेन साउदले १० रन बनाए ।

चितवनका लागि कप्तान कुशल मल्ल, जान निकोल लफ्टी इटन र अमरसिंह राउटेलाले समान दुई विकेट लिए भने रिजन ढकाल र रञ्जित कुमालले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६४ रनको योगफल तयार गरेको थियो । चितवनका लागि ओपनर हसन इसाखिलले ६५ रन बनाए ।

त्यसैगरी रवि बोपाराले ३६, कप्तान कुशल मल्लल १३, विपीन रावलले १७ रन बनाए । सुदूरपश्चिमका लागि स्कट कुगेलेनले दुई विकेट लिए भने सेफ जेब, दीपेन्द्रसिंह ऐरी र ब्रेन्डन मक्मलनले समान एक विकेट लिए ।

योसँगै चितवनले आफ्नो चौथो खेलमा तेस्रो जित हात पारेको हो । सुरुवाती दुई खेल जितेको चितवन पछिल्लो खेलमा पराजित भएको थियो । काठमाडौँ र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग भने पराजित भएको थियो ।

Copyright © 2024 | All rights reserved.