पुस ०२, २०८१, मंगलबार

कास्कीको तप्राङ्मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न


Advertisement Image
clock icon 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं ६ तप्राङ्मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

इनरव्हील क्लब अफ पोखराको आयोजना तथा नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

शिविरमा यौनजन्य संक्रमणको परामर्श तथा परीक्षण र पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको थियो ।

शिविरबाट एक सय महिना लाभान्वित भएको बताइएको छ । शिविरका लागि अमेरिका निवासी देवीरमण सापकोटाले सहयोग गरेका थिए ।

शविरमा स्त्रीरोग विशेषज्ञ डा चुममाया पुनले सहजीकरण गरेकी थिइन् ।

शिविर उद्घाटन गर्दै मादी-६ का वडाध्यक्ष दिलबहादुर क्षेत्रीले सामाजिक संघसंस्थासँग समन्वय गरी अघि बढ्न तयार रहेको बताए ।

नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देल र पोखरा महानगपालिका वडा नं १३ की वडासदस्य रजनी परियारले सरकार र संघसंस्था मिलेर काम गर्दा सहज हुने बताए ।

इनरह्वीलकी अध्यक्ष रेष्मा वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा क्लबकी संस्थापक अध्यक्ष सोनु सिग्देल, तप्राङ स्वास्थ्य चौकी इञ्चार्ज शोभाकान्त पौडेल र महारुद्र माविका प्रधानाध्यापक डिल्लीराम देवकोटाले बोलेका थिए ।

Copyright © 2024 | All rights reserved.