पुस ०२, २०८१, मंगलबार

पोखरा महानगरमा करार कर्मचारी विवाद समाधान


Advertisement Image
clock icon 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिकामा करार कर्मचारी विवाद अन्त्य भएको छ । यसअघि कात्तिक मशान्तबाट बिदा दिने भनिएका कर्मचारीको म्याद दुई महिना थप गर्न सबै पक्ष तयार भएपछि समस्या समाधान भएको हो ।  

मंसिर २८ गत गते शुरु भएको विशेष नगरसभामा प्रस्तुत विषयवस्तु २८ गतेको बैठकमार्फत सर्वसम्मत अनुमोदन गर्ने गरी सहमति जुटाइएको छ ।

साथै मस्यौदाका रूपमा रहेका पुराना र नयाँ सबै दस्तावेजलाई एकीकृत गर्दै नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण तयार गर्ने निर्णयसमेत भएको छ । 

यो सहमतिसँगै आइतबारको नगरसभा बस्ने बित्तिकै स्थगित गरिएको थियो । अर्को बैठक मंसिर २८ गते दिउँसो ३ बजे बस्ने छ ।

नगरप्रमुख आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइँको रोहबरमा दुई पार्टीबीच सहमति भएपछि आइतबारको नगरसभा बस्ने बित्तिकै स्थगित गरिएको हो ।

समझ्दारी पत्रमा नगर प्रमुख आचार्य, उपप्रमुख गुरुङ, प्रमुख प्रशासकीय अधिकृत चौलागाइँ, प्रवक्ता मोती तिमिल्सिना, कांग्रेस दलका नेता दिवसमान प्रधानाङ्ग, एमाले दलका नेता राधिका शाही योगी, वडाध्यक्ष पूर्णबहादुर गुरुङ, देवकृष्ण पराजुली, सन्तोष बास्तोला र नरेन्द्र थापा, निर्मल दियाली, विष्णुप्रसाद बराल, तोरणबहादुर बानियाँ र गङ्गाबहादुर खत्रीको हस्ताक्षर छ ।

समझ्दारी पत्रमा ३७औँ कार्यपालिका बैठकबाट म्याद थप भएका श्रेणीविहीन बाहेकका करारका कर्मचारीको म्याद पुस मसान्तपछि थप नगरिने उल्लेख छ । जसअनुसार मंसिर १ देखि बिदा गर्ने भनिएका ३५ कर्मचारीलाई थप दुई महिनाको पारिश्रमिक उपलब्ध गराइनेछ । 

यसैगरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका लागि प्रमुख प्रशासकीय अधिकृत चौलागाइँ संयोजक, देवकृष्ण पराजुली, सन्तोष बास्तोला, किरण बराल, प्रकाश केसी, विष्णुप्रसाद बराल, तोरण बानियाँ, गङ्गाबहादुर क्षेत्री,  कृष्णकुमारी पौडेलका साथै महानगरका कर्मचारी जयराम पौडेल, भरतराज पौडेल र कृष्णप्रसाद तिवारी सदस्य रहेको समिति गठन गरिएको छ ।

 

महानगरको कार्यपालिका बैठकले करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेपछि विवाद शुरु भएको थियो । सो निर्णयमा असहमति जनाउँदै एमालेबाट निर्वाचित जनप्रतिनिधि आन्दोलित बनेका थिए ।

विवाद बढ्दै गएपछि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विशेष नगरसभाको माग गरेका थिए । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि त्यसको विपक्षमा उभिएका थिए । नगरप्रमुख आचार्य दुई दलीय द्वन्दको चेपुवामा पर्दै आएका छन् ।

document_5
पोखरा महानगरपालिका समझ्दारी पत्र
document_6
पोखरा महानगरपालिका समझ्दारी पत्र
document_7
पोखरा महानगरपालिका समझ्दारी पत्र

Copyright © 2024 | All rights reserved.