पुस ०२, २०८१, मंगलबार

एनपीएलमा आज बिदा, पोखराको खेल भोलि


Advertisement Image
clock icon 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज कुनै पनि खेल हुनेछैन । मंगलबार पनि दुई खेल हुनेछन् ।

जसमा पहिलो खेल चितवन राइनोज र लुम्बिनी लायन्स तथा दोस्रो खेल पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच हुनेछ ।

चार खेल खेलिसकेको चितवन तीन खेल जितेको छ भने चारै खेल खेलिसकेको लुम्बिनी सबै खेलमा पराजित भएको छ ।

यता, कर्णाली याक्सले चार खेल खेल्दा दुई जित, दुई हार तथा पोखरा एभेन्जर्सले तीनमा एक खेल मात्रै जित्न सफल भएको छ ।

पोखराले लुम्विनीलाई १० विकेटले हराएको थियो । पोखरा त्यसअघि जनकपुरसँग सात तथा चितवनसँग ८७ रनले पराजित भएको थियो ।

पोखराका लागि मंगलबार हुने कर्णालीबिरुद्धको खेल निकै महत्वपूर्ण रहेको छ । लुम्विनीबिरुद्ध शानदार प्रदर्शन गरेसँगै पोखरा उत्साहित छ ।

लुम्बिनीविरुद्ध पोखराका एन्ड्रिज गौसले शतकीय पारी खेलेका थिए । उनले ५५ बलमा पाँच छक्का र १२ चौका प्रहार गर्दै अवीजित एक सय चार रन बनाएका थिए ।

गौस अहिलेसम्मकै सबैभन्दा बढी रन बनाएर एनपीएलमा शतक बनाउने पहिलो खेलाडी बनेका छन् ।

Copyright © 2024 | All rights reserved.