0
प्रतिक्रिया
पोखरा । स्याङ्जाकी सुनिता थापाको नाम गण्डकी प्रदेशसभाको रिक्त समानुपातिक सदस्य पदमा सिफारिस भएको छ ।
नेपाली कांग्रेसको कार्यसम्पादन समितिकाे आज बसेकाे बैठकले थापाको नाम प्रदेशसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले समानुपातिकको बन्द सूचीकाे पहिलाे नम्बरमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
कांग्रेस सांसद म्याग्दीकी विमला गौचनको केही अघि निधन भएपछि गण्डकीमा कांग्रेसको तर्फबाट समानुपातिक महिला सांसद पद रिक्त थियो ।
कांग्रेसले निर्वाचन आयोगमा सिफारिस गरेपछि आयोगले मापदण्ड अनुसार भए/नभएको अध्ययन गर्नेछ ।
मापदण्ड पुगेमा आयोगले थापालाई सांसदमा नियुक्त गरेपछि सभामुखले शपथ ग्रहण गराउनेछन् ।
Copyright © 2024 | All rights reserved.