0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा आज मंगलबार एकै दिन सुनको मूल्य तोलामा दुई हजार एक सय रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै आज सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार सुन तोला एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबा भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार स्थिर रहेको चाँदीको मूल्य आज ६० रुपैयाँ बढेर तोलामा एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.