जेठ २२, २०८२, बुधबार

आजको मौसम सफा रहने


Advertisement Image
clock icon 5 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । गण्डकी प्रदेशकाे राजधानी पाेखरासिहत देशभर निरन्तर चिसो बढिरहेको छ । जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार योक्रम जारी रहनेछ।  यद्यपि आजको मौसम भने सफा रहने छ ।

अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ ।

प्रातः कालमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने जनाउँदै विभागलेसोही अनुरुप आफ्ना गतिविधि सञ्चालन गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

Copyright © 2024 | All rights reserved.