0
प्रतिक्रिया
पोखरा । कास्कीको मादीमा सोमबार राति भरुवा बन्दु पड्किएर एक जना घाइते भएका छन् ।
घाइते हुनेमा मादी गाँउपालिका वडा नं. ७ मेलबोट लिचुका बिनोद सुनार रहेका छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माका अनुसार जंगल नजिकै रहेको गाईगोठमा भरुवा बन्दुक चेकजाँच गर्ने क्रममा एक्कासि पड्किँदा सुनार घाइते भएका हुन् ।
घटनाको सूचना पाएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले बन्दुक लुकाई छिपाई राख्ने सोही ठाउँका ३२ वर्षीय साइला भन्ने कुलप्रसाद विक र पानीघाटका २२ वर्षीय सुमन तामाङलाई नियन्त्रणमा लिएको छ ।
उक्त बन्दुकको इजाजत नभएकाले उनीहरुलाई हातहतियार तथा खरखजनासम्बन्धी मुद्धा अघि बढाइएको डीएसपी शर्माले जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.