0
प्रतिक्रिया
पोखरा । गण्डकी प्रदेशमा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यद्यपि यहाँको मौसम भने सफा रहने छ ।
आज बिहान गण्डकीको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । पोखरामा आजको तापक्रम न्यूनतम ५ र अधिकतम् २० डिग्री सेल्सियस पुग्ने बताइएको छ । तापक्रम घट्दै जाँदा पोखरामा निकै चिसो महसुस गरिएको छ ।
यो समाचार तयार गर्दा बिहान करिब ७ः३० बजे गण्डकी प्रदेशको तापक्रम आकलन गर्दा मुस्ताङको लेतेमा माइनस १ डिग्री सेल्सियस कायम भएको छ । यस्तै मार्फामा ४ दशमलव २, छोमरोङमा ३ दशमलव ५ डिग्री सल्सियस तापक्रम मापन गरिएको छ । यी क्षेत्रमा पनि तापक्रम घट्दै गएको छ ।
विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।
विभागका अनुसार आज दिउँसो गण्डकी, कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
आज राति गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र कोशी प्रदेशका केही भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ ।
Copyright © 2024 | All rights reserved.