पुस ०२, २०८१, मंगलबार

लेकसाइडमा खुल्याे बसुन्धरा रिसोर्ट


Advertisement Image
clock icon 4 days, 18 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखराको लेकसाइडमा बसुन्धरा रिसोर्ट सञ्चालनमा आएको छ । बिहीबार शुभ साइतमा पञ्चकन्याले रिसोर्ट उ्घाटन गरे । रिसोर्ट अमला, बेलपत्र, तुलसीलगायत सुसज्जित छ ।

यस्तै एभोगार्डो, लिच्ची, आँप, रुख कटहरलगायतका फलफूलले पनि बगैंचा सजाइएको छ ।

एसी, टिभी जडित रिसोर्ट उज्यालो, पारिलो, फराकिलो सफा सुविधायुक्त कोठा छन् भने ती कोठाबाट हरियाली वातावरण तथा आँखै अगाडि हिमाल देख्न सकिन्छ ।

फेवातालबाट करिब दुई सय मिटर दूरीमा रहेको रिसोर्टले पाहुनाका लागि स्वास्थवर्दक खाना पस्किने बताइन्छ । विदेशीसँगै नेपाली परम्परागत भोजनलाई रिसोर्टले जोड दिएको छ ।

‘कोदो, फापर, मकैलगायतका परिकारलाई हामीले महत्व दिएका छौँ’, रिसोर्ट सञ्चालक सन्तोष पोखरेलले भने ।

स्वच्छ शान्त बगैँचामा बिहानको योगादेखि फाष्ट इन्टरनेट जडित रिसोर्ट परिसरबाट आफ्नै ल्यापटपमार्फत दिउँसोको कामसमेत सम्पादन गर्न सकिन्छ ।

विगत २५ वर्षदेखि पर्यटन क्षेत्रमा आवद्ध व्यवसायी पोखरेलले यो रिसोर्टमा आफ्नो अनुभवको पूर्ण सदुपयोग गरेका छन् ।

साँघुरिएको लेकसाइडभित्र पर्याप्त पार्किङ क्षेत्रसहितको रिसोर्टमा अनुभवी कर्मचारीद्वारा प्रदान गरिने सेवाले पाहुनालाई भरपुर सन्तुष्टि दिन सकिने पोखरेलको विश्वास छ ।

मध्यम बजेटका पाहुना लक्षित रिसोर्टले प्रारम्भमा २० प्रतिशत छुट प्रदान गरेको छ । छुट अवधि तीन महिनाको रहने सञ्चालक पोखरेलले बताए ।

Copyright © 2024 | All rights reserved.