0
प्रतिक्रिया
पाेखरा। लुम्बिनी लायन्स पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटमा कर्णाली याक्ससँगको अन्तिम खेल पराजित भएकाे छ ।
जितका लागि १ सय २९ रनको चुनौती पछ्यएको लुम्बिनीले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २३ रन मात्र बनायो ।
खेलमा टस हारेको कर्णालीले ८ विकेटको क्षतिमा १ सय २८ रन बनाएको थियो ।
जितसँगै कर्णालीकाे प्लेअफ सम्भावना बलियो भएको छ । शुरुका दुई खेल हारेपछि निरन्तर चार जितसहित कर्णाली प्लेअफका लागि दाबेदारी दिन सफल भएको हो ।
६ खेलबाट आठ अंक जोडेको कर्णाली तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
कर्णालीका लागि विलियम बोसिस्टोले ४४ तथा अर्जुन घर्तीले २५ रन बनाएको इनिङ्समा विकाश अग्रीले १४ रन खर्चेर ३ विकेट लिए ।
विकाशले अन्तिम ओभरमा मात्र ३ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै तिलक भण्डारीले २ विकेट लिए ।
आजको दोस्रो खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिड्दै छन् । विराटनगर प्लेअफ होडबाट बाहिरिइसकेको छ । यद्यपि अङ्क गणितीय खेल मात्र बाँकी छ ।
यस्तै चितवन प्लेअफ नजिक पुगेको छ । ५ खेलबाट ६ अङ्कको चितवन जित्दा प्लेअफ लगभग पक्का हुनेछ ।
Copyright © 2024 | All rights reserved.