पुस ०२, २०८१, मंगलबार

पेट्रोल छर्किएर आगो लगाउने युवक प्रहरी फन्दामा


Advertisement Image
clock icon 3 days, 19 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । एक युवकले पेट्रोल छर्किएर आगो लगाइदिएपछि कास्कीको मादी गाउँपालिका वडा नं ५ ठूलास्वाँराका ४८ वर्षीय दुर्गाबहादुर गुरुङ गम्भीर घाइते भएका छन् । उनको काठमाडौँ कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गएराति ११ बजे आफ्नै घर बाहिर गुरुङमाथि यस्तो हमाला भएको हो । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १२ स्थायी घर भई पोखरा महानगरपालिका वडा नं १३ काँहुखोला बस्ने ३१ वर्षका उमेश राईले गुरुङमाथि हमला गरेका थिए ।

घटनालगत्तै गुरुङलाई उद्धार गरी उपचारका लागि पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल हुँदै उनलाई आज बिहान काठमाडौँ पठाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीसहित मातहतका प्रहरी खटिएर खोजी गर्ने क्रममा मादी गाउँपालिका वडा नं. ५ सुनपदेँलीस्थित पुरानो स्कुलमा लुकिछिपी बसेको अवस्थामा राईलाई नियन्त्रणमा लिइएको हो ।

राईको साथबाट लाइटर, बोत्तल, मोवाईल बरामद भएको प्रहरीले जनाएको छ । राईविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

Copyright © 2024 | All rights reserved.