पुस ०२, २०८१, मंगलबार

काठमाडौँद्वारा विराटनगर पराजित, प्लेअपको सम्भावना कायमै


Advertisement Image
clock icon 2 days, 1 hour ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटको २६ औँ खेलमा काठमाडौँ गुर्खाजले विराटनगर किंग्समाथि रोमाञ्चक एक विकेटको जित हासिल गरेको छ ।

काठमाडौँले ११८ रनको चुनौती १८दशमलव१ ओभरमा ९ विकेटको क्षतिमा पूरा गरेको हो । यो जितले काठमाडौँको प्लेअफ सम्भावना जीवितै रहेको छ । काठमाडौँले आफ्नो लिगको अन्तिम खेल भने खेलेको छ । त्यस्तै विराटनगरको अन्तिम खेलमा जित हासिल गर्ने सपना अधुरै रहेको छ ।

लगातार विकेट गुमाएको काठमाडौँका लागि अन्तिम विकेटका लागि आएका दिपेश कणेलले ५ बलमा अवीजित रहँदै ११ तथा दशौँ विकेटका लागि कणेलसँग १८ रनको साझेदारी गर्ने क्रममा शंकर रानाले २० बलमा अविजित रहँदै १६ रन बनाउँदै टिमलाई सनसनीपूर्ण जित दिलाएका हुन् ।

त्यसअघि काठमाडौँका प्रतिक श्रेष्ठले ३४ बलमा ३९ रन बनाएका थिए । काठमाडौँले २४ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो ।

सन्दीप लामिछानेले ३ तथा अनिल खरेल, बसिर अहमद र क्रिस सोलले २–२ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९.५ ओभरमा अलआउट हुनुपूर्व ११७ रनमात्र बनाएको थियो ।

राजेश पुलामीले सर्वाधिक २५ रन बनाएको इनिङ्समा काठमाडौँका लागि गेर्हार्ड इरास्मसले ३ तथा दिपेश कँडेलले २ विकेट लिए ।

अंक तालिकामा ७ खेलबाट १० अंकसहित शीर्ष स्थानमा रहेर जनकपुर एक खेलअघि नै प्लेअफमा पुगेको छ । ५ खेलबाट ८ अंकको सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा छ ।

चितवन ७ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा रहेको छ । कर्णाली ६ खेलबाट ८ अंकसहित चौथो स्थानमा रहेको छ ।

काठमाडौँ गुर्खाज ७ खेलबाट ८ अंकसहित पाँचौँ स्थानमा छ । विराटनगर किंग्स ७ खेलबाट ४ अंकसहित छैटौँ स्थानमा रहेको छ ।

पोखरा एभेन्जर्स ६ खेलबाट ४ अंकसहित सातौँ तथा लुम्बिनी लायन्स ७ खेलबाट २ अंकसहित पुछारमा रहेको छ ।

Copyright © 2024 | All rights reserved.