पुस ०२, २०८१, मंगलबार

एनपीएलमा आज सुदूरपश्चिम र कर्णालीबीच प्रतिस्पर्धा हुँदै


Advertisement Image
clock icon 1 day, 6 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टीम बीचको खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ बजे शुरू हुनेछ ।

आजको खेलको नतिजासँगै प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने छ । त्यसैले पनि आजको खेल दुवै टिमका लागि गर या मरको अवस्थामा रहेको छ ।

सुदूरपश्चिम, जनकपुर बोल्ट्स र चितवन राईनोज प्लेअफमा पुगिसकेका छन् । कर्णाली र काठमाडौं गुर्खाज प्लेअफ होडमा छन् ।

कर्णाली सुदूरपश्चिमविरुद्ध ठूलो अन्तरको हार टारेमा चौथो हुँदै प्लेअफमा पुग्नेछ ।

कर्णाली शीर्ष दुईमा पुग्ने सम्भावना पनि छ । त्यसका लागि सुदूरपश्चिमलाई आफू अनुकुल नतिजामा हराउनुपर्नेछ ।

काठमाडौं गुर्खाजको भाग्य भने सुदूरपश्चिमको नतिजामा निर्भर हुनेछ । सुदूरपश्चिमले कर्णालीलाई आवश्यक नतिजामा हराएमा मात्रै काठमाडौंको भाग्य खुल्नेछ ।

हालसम्म सुदूरपश्चिमले ६ खेलबाट १० अंक जोडेर प्लेअफमा स्थान बनाइसकेको छ र शीर्ष दुईमा रहने सम्भावना पनि बलियो छ । ७ खेल खेलिसकेको जनकपुर पनि १० अंक नै जोडेर दोस्रोमा छ । नेटरनरेटमा जनकपुर सुदूरभन्दा पछि छ ।

७ खेलबाट ८ अंक जोडेको चितवन राइनोज ८ अंक हुनेमध्ये राम्रो नेटरनरेटका आधारमा तेस्रो स्थानमा छ ।

विराटनगर किङ्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् ।

Copyright © 2024 | All rights reserved.