पुस ०२, २०८१, मंगलबार

सहकारी क्षेत्र चलायमान नभएसम्म देशको अर्थतन्त्र सुधार हुँदैन : तिवारी


Advertisement Image
clock icon 6 hours, 8 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका सहकारी समिति अध्यक्ष रविरमण तिवारीले सहकारी क्षेत्र चलायमान नभएसम्म देशको अर्थतन्त्र सुधार हुन नसक्ने बताएका छन् ।

पोखरा महानगरपालिका वडा नं ६ बैदामस्थित सुनौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ साधारणसभा उद्घाटन गर्दै उनले यस्तो बताएका हन् ।

अध्यक्ष तिवारीले केही सहकारीमा समस्या भए पनि वित्तीय अनुशासनमा चलिरहेका सहकारीमा बाहिर प्रचार भए जस्तो समस्या नरहेको स्पष्ट पारे । समुदायमा आधारित सहकारीमा तरलता बढी भएकोले सोतर्फ सचेत रहन समेत उनले सुझाव दिए ।

संस्थाका अध्यक्ष टिकाराम सापकोटाले आगामी दिनमा सदस्यको सान्दर्भिक साथ र सहयोग पाउने विश्वास व्यक्त गर्दै सहकारीको महिमा र गरिमालाई उचो बनाउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा संस्थाका सल्लाहकार डम्बरबहादुर केसी, गणेशबहादुर भट्टराई, बिष्णुबहादुर गुरुङ, कानूनी सल्लाहकार दामोदर अधिकारी, जिल्ला सहकारी संघका प्रतिनिधि मैनादेवी रावतले बोलेका थिए ।

साधारणसभाले सचिव थापाद्वारा प्रस्तुत सचिवको प्रतिवेदन, लेखा सुपरीवेक्षण समिति संयोजक ईश्वरीप्रसाद पौडेलद्वारा प्रस्तुत लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, लेखा परीक्षणको प्रतिवेदन र कोषाध्यक्ष लीला भट्टराईद्वारा प्रस्तुत वार्षिक बजेट प्रस्ताव पारित गरेको छ ।

कार्यसमिति सदस्य एवं विनियम उपसमिति संयोजक रामचन्द्र शर्माले संस्थाका विभिन्न विनियम निर्माणका लागि प्रस्ताव प्रस्तुत गरेकामा साधारणसभाले सर्वसम्मत पारित गरेको छ ।

उक्त अवसरमा ऋण उपसमिति संयोजक जीवनराज सापकोटाले ऋण लगानी र असुलीको बारेमा सदस्यलाई जानकारी गराएका थिए ।

कार्यक्रममा उत्कृष्ट सदस्य कृशु पौडेल, सुशील गुरुङ, बुद्धिनाथ पाण्डे, भीमबहादुर खड्का, दावा छिरिङ् शेर्पालाई सम्मान गरिएको थियो ।

यस्तै सुनौलो शैक्षिक पुरस्कारअन्तर्गत आधारभूत तहमा शिक्षा समितिको सिफारिसमा सिष्मा गुरुङ र माध्यमिक तहमा ऐश्वर्या अधिकारीलाई पुरस्कृत गरिएको थियो ।

संस्थाका अध्यक्ष सापकोटाको अध्यक्षता भएको कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक भोजकुमार श्रेष्ठले स्वागत र सचिव सोमबहादुर थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिवेदन अनुसार संस्थामा एक हजार नौ सय २९ जना शेयर सदस्य छन् । संस्थाको शेयर पुँजी छ करोड एक लाख रुपैयाँ छ ।

संस्थाको कुल वासलत २७ करोड ४५ लाख रुपैयाँ, १८ करोड ८५ लाख निक्षेप संकलन १८ करोड ३१ लाख ऋण परिचालन गरेको छ ।

Copyright © 2024 | All rights reserved.