0
प्रतिक्रिया
पोखरा । एसीसी यु-१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतको सामना गर्दैछ ।
खेल मलेसियाको बायुमास ओभलमा नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ ।
हिजो भएको समूह ‘बी’को खेलमा नेपालले टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई ६ विकेटले हराएर सुपर ४ मा स्थान बनाएको थियो ।
प्रतियोगितामा एशियाका ६ टोली सहभागी छन् । जसमा समूह ‘ए’ मा बंगलादेश, मलेसिया र श्रीलंका छन् भने समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान छन् ।
आजको खेलपछि नेपालले सुपर ४ मा समूह ‘ए’को शीर्ष दुई टोलीसँग खेल्नेछ ।
Copyright © 2024 | All rights reserved.