0
प्रतिक्रिया
पोखरा । बीसौँ लेखनाथ महोत्सवका ७५ प्रतिशत स्टल बुकिङ भएका छन् ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सव यही पुस १८ देखि माघ १ गतेसम्म सञ्चालन हुँदैछ ।
महोत्सवमा रहने तीन सय ३६ स्टलमध्ये सोमबारसम्म दुई सय ५५ स्टल बुकिङ भएको स्टल निर्माण तथा व्यवस्थापन समिति संयोजक भरत थापाले जानकारी दिए ।
पहिलो चरणमा संघका सदस्यका लागि लक्षित गरी मंसिर १७ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको थियो भने अन्य व्यवसायीका लागिसमेत स्टल बुकिङ खुला गरिएको थिए ।
समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि साथ आयोजित महोत्सवमा कृषि तथा स्थानीय उत्पादनका स्टललाई प्राथमिकता दिईएको संघले जनाएको छ ।
महोत्सवमा कृषि उत्पादन, भाँडा वर्तन, फर्निचर तथा इलेक्ट्रिकल, फेन्सी तथा गार्मेन्ट, हस्तकला, खाद्यान्न, राष्ट्रिय उत्पादन प्रदर्शनी, बैंक तथा वित्तीय संघसंस्था, डेरी तथा फलफूल, होटल तथा रेष्टुरेन्टका स्टल रहने छन् ।
Copyright © 2024 | All rights reserved.