बैशाख ०४, २०८२, बिहीबार

पोखरा-१३ का ज्येष्ठ नागरिक पुगे महाप्रभु धाम


Advertisement Image
clock icon 3 months, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ११ फूलबारीस्थित फूलबारी क्लबले ज्येष्ठ नागरिकलाई धार्मिक क्षेत्रको अवलोकन भ्रमण गराएको छ ।

पोखरा-११ का ६० वर्ष नाघेका एक सय ५० जना ज्येष्ठ नागरिकलाई पोखरा-१३ आर्वास्थित महाप्रभुधामको अवलोकन भ्रमण गराएको कार्यक्रम संयोजक अनन्तराज आचार्यले जानकारी दिए ।

उनीहरुलाई अवलोकन पछि विभिन्न मनोञ्जनात्मक र धार्मिक हाजिरीजवाफ प्रतियोगिता समेत गरेको आचार्यले जानकारी दिए ।

धार्मिक हाजिरी जवाफतर्फ उत्कृष्ट वासुदेव अधिकारी, दामोदर बास्तोला, वेदराज बास्तोला, बलराम शर्मा बास्तोला र नृत्यतर्फ उत्कृष्ट सीता बास्तोला, सावित्री बास्तोला, हरिमाया बास्तोला र गंगा बास्तोलालाई मायाको चिनो प्रदान गरिएको थियो ।

उनीहरुलाई क्लबका अध्यक्ष मनोज बास्तोला, वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य र क्लबका पूर्वअध्यक्ष राजेश कुमार गुरुङ, क्लबका उपाध्यक्ष जनार्दन बास्तोला, क्लबका सचिव युवराज बास्तोलालगायतले मायाको चिनो वितरण गरेका थिए ।

 

Copyright © 2024 | All rights reserved.