0
प्रतिक्रिया
पोखरा । पोखराको लामेआहालमा मंगलबार साँझ ५ः१० बजे बसको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालका डम्बर बहादुर पुन रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका पुनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा साँझ ६ः४५ बजे ज्यान गएको प्रहरीले जनाएको छ ।
पृथ्वीराजमार्गको लामेआहालमा राजमार्गबाट भित्रि सडकतर्फ जान लागेको पुन सवार ग२१प ६४७४ नम्बरको स्कुटरलाई पोखराबाट दमौलीतर्फ जाँदै गरेको बा.प.००६ख ५४४३ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट स्कुटर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीले बस र बस चालक खोटाङका रमेश विकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । पोखराको बुढीबजारमा सोमबार साँझ पनि टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको थियो ।
Copyright © 2024 | All rights reserved.