0
प्रतिक्रिया
आजको पञ्चाङ्ग
मिति २०८१ पुस ३ गते बुधबार, इस्वीसंवत डिसेम्बर १८ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषकृष्णपक्षको तृतीया तिथि दिनमा १२ः०५ बजेसम्म त्यसपछि चतुर्थी तिथि लाग्नेछ । नक्षत्रमा तिष्य रातिमा ३ः३७ बजेसम्म त्यसपछि अश्लेषा लाग्नेछ । विष्कुम्भादि योगमा ऐन्द्र ३९ घटि २९ पलासम्म त्यसपछि वैधृति योग रहनेछ । करणमा बब रहनेछ । आनन्दादि योगमा मातंग रहनेछ । सूर्य धनु राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान २५ घटि ५० पला अर्थात १० घण्टा २३ मिनेटको रहनेछ ।
आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५० बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः१० बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय साँझमा ८ः१० बजे र अस्ताउने समय भोलि बिहानमा ९ः३० बजे रहेको छ । आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस रहेको छ ।
आजको राशिफल
मेष : आज समय मध्यम रहनेछ । व्यापार व्यावसायमा लगानि गर्नका लागि केही दिन कुर्नुहोला । आर्थिक व्यवस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादीहरू हावी हुनाले काम समयमा सम्पन्न हुँदैनन् ।
वृष : आज समय शुभ छ । व्यापार व्यावसायमा लगानी बढाई आम्दानीका स्रोत बढाउन सकिनेछ । भौतिक सम्पति तथा मानव निर्मित वस्तु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समयदेखि भेट नभएका मित्रहरुसँग आज भेट हुनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।
मिथुन : आज समय त्यत्ति शुभ छैन । आत्मीय मित्रका सहयोग नपाउँदा थालेका काम बिचमा छोड्नुपर्ने हुन सक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचे जस्तो आम्दानी नहुदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकुल बन्नेछ ।
कर्कट : आज मय निकै महत्वपूर्ण छ । आफन्त तथ मावली पक्षको सहयोग पाईने हुनाले काम गर्न शरीरमा उर्जा पैदा हुनेछ । प्रतिस्पर्धीलाई हराउदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरीको योग रहेकोछ भने थोरै लगानीबाट यथेष्ट लाभ लिन सकिनेछ ।
सिंह : आज समय खराब छ । विवाद तथा प्रतिष्पर्धामा आज भाग नलिनुहोला नतिजा राम्रो आउने छैन । व्यापार व्यावसायमा गरिएको लगानीबाट नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न बढी नै समय दिनुपर्ने देखिन्छ । सामान्य स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ ।
कन्या : आज समय राम्रै छ । विभिन्न अवसर आउने देखिन्छ । पढाई लेखाईमा सोचे जस्तै प्रगति हुने हुनाले आफन्त तथा गुरुहरु प्रशन्न हुनेछन् । छोटो तथा रमाईलो यात्राको अधिक सम्भावना रहेको छ भने व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जाने हुनाले घर परिवारमा खुशियाली छाउनेछ ।
तुला : आज समय मध्यम खालको छ । दाजुभाई तथा छिमेकीसँग रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सिर्जना हुन सक्छ । अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुनेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ, ध्यान दिनुहोला ।
वृश्चिक : आज समय उपयुक्त छैन । साथीभाई तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ भने स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राज्य पक्षबाट अनावश्यक झै झमेला आईलाग्न सक्छ । मान सम्मान तथा प्रतिष्ठामा कमिको महसुस हुनेछ । आम्दानी गर्न मुस्किल पर्नेछ ।
धनु : आज समय राम्रो छैन । विद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने तथा बनेको काम बिग्रने हुदा मनमा निराशा पैदा हुनेछ । व्यवसायमा लगानी गरे पनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । यात्रामा सतर्क हुनुहोला ।
मकर : आज स्वास्थ्य भरपर्दोे रहनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरि आयस्रोतमा बृद्धि गर्न सकिनेछ । घर परिवारमा सुखद् समाचारले थप उत्साह जगाउनेछ । भौतिक वस्तुबाट लाभ पाइनेछ ।
कुम्भ : आज दिन तथा समय राम्रो छ । धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भाग्यले साथ दिने हुदा सानो प्रयत्नले कामहरु बन्नेछन् । आज नयाँ काम पाउने योग रहेको छ ।
मीन : आज समय भरपर्दो रहनेछैन । स्वास्थ्यमा कमजोरी देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा नाफा कमाउन निकै समय खर्चनु पर्नेछ । दाजुभाई तथा छिमेकीसँग अनावश्यक विवाद हुन सक्छ । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।
Copyright © 2024 | All rights reserved.